सामाजिक सञ्जालमा ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै थालियो अभियान 

सामाजिक सञ्जालमा ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै थालियो अभियान 

काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ ।  जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा  #ARRESTKPOLI,  #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS  अभियान चलाइएको हो । 

सार्वजनिक एक पोस्टरमा ओली र तत्कालीन गृहमन्त्री लेखकको फोटो राखिएको छ । जसमा उनीहरुलाई ‘हत्यारा’को रूपमा चित्रित गर्दै ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ’ भनिएको छ ।