सरकारले राख्यो १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा

   सरकारले राख्यो १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसुचीमा राखेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखेको जानकारी दिएको हो ।

साथै कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ ।