सहरका बस्तु तथा सेवाको अवस्थाबारे सूक्ष्म सर्वेक्षण गर्न 'काठमाडौँमा लाइडार प्रविधि' विषयक अन्तरक्रिया
सहरको भौगोलिक अवस्थिति, पूर्वाधार निर्माण, विकास क्रियाकलाप, प्राचीन संरचनालगायतका बस्तु, सेवा पूर्वाधार तथा अवस्थाको तथ्य प्राप्त गर्न यसअघि प्रयोगमा ल्याइएका प्रविधिसँग जोड्दै लाइडार (लाइट डिटेक्सन एण्ड रेञ्जिङ्) प्रविधि उपयुक्त हुने विज्ञहरुले बताएका छन् ।
आज सूचना प्रविधि विभागले आयोजना गरेको लाइडार प्रविधि र यसको काठमाडौँ महानगरपालिकामा प्रयोगको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो सम्भावना देखाएका हुन् । अन्तरक्रियामा सहरी योजना आयोगका सदस्यहरू, सहरी व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, वातावरण व्यवस्थापन विभाग, विपद् व्यवस्थापन विभाग, सम्पदा तथा पर्यटन विभागबाट विभागीय प्रमुख, महाशाखा प्रमुख, इन्जिनियर र प्राविधिकहरूलाई सहभागी गराइएको थियो ।
थर्ड पोल 