अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु 

अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु 

काठमाडौं ।  अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।लुइसियाना स्टेट पुलिसले सडक दुर्घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको हो ।

दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन ।लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइनले लेखेको समाचारअनुसार असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । अर्को एक अनलाइन माईआर्कलामिस डटकमले पनि दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको समाचार लेखेको छ । तर त्यसमा पनि उनीहरुको नेपालको ठेगाना उल्लेख छैन ।