आज काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसम मापन भएको छ । बुधबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम केही घटेको छ ।
बुधबार ५.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो । एक साता अवधिमा काठमाडौंको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन ।मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो ।
त्यसअघि सोमबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो । आइतबार ६.७ डिग्री सेल्सियस, शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम मापन भएको थियो ।
थर्ड पोल 