एमाले विधान महाधिवेशन: आज १० समूहको टोली नेताले सुझाव प्रस्तुत गर्ने, ओलीले जबाफ दिने अध्यक्ष

एमाले विधान महाधिवेशन: आज १० समूहको टोली नेताले सुझाव प्रस्तुत गर्ने, ओलीले जबाफ दिने अध्यक्ष

नेकपा (एमाले)को दोस्रो विधान महाविधेशन आज पनि जारी रहनेछ।

ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनको तेस्रो दिन आजको बन्दसत्रमा महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

महाधिवेशनको बन्दसत्र बिहान ८  बजेबाट सुरू भएको छ।

उनका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण गर्नुहुनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नेछन्।

यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिनेछन्।