एमाले सरकारको नेतृत्वमा छ, ०८४ सम्म व्यवस्था बँच्दैन कि भन्ने चिन्ता छ: देव गुरूङ
नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले अहिलेको व्यवस्थामाथि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको बताएका छन्।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महासचिव गुरूङले ०८४ मा माओवादी पहिलो दल बन्ने प्रक्रियामा रहेको तर वर्तमान सरकारकै कारण यो व्यवस्था नै त्यतिन्जेलसम्म रहन्छ कि रहँदैन भन्ने चिन्ता रहेको बताएका हुन्।
'माओवादी पहिलो पार्टी हुन्छ की हुँदैन भन्दा पनि ०८४ मा चुनाव हुन्छ की हुँदैन, यो व्यवस्था बँच्छ की बच्दैन । यो सदन बँच्छ की बँच्दैन भन्ने चिन्ताको विषय हो। यो व्यवस्था बँच्छ की बँच्दैन भन्नेमै च्यालेन्ज छ । अहिलेको लडाईं त त्यहाँ केन्द्रित छ,' उनले भने।
उनले विस्तृत शान्ति सम्झौताको विपक्षमा अभिमत रहेको एमालेको नेतृत्व अहिले सरकारको नेतृत्वमा भएकाले पनि त्यो शंका उत्पन्न भएको बताए।
'उहाँको सोच र विचारको हिसावले हेर्दा दोबाटोमा छ । डेकमोक्रेसीलाई रक्षा गर्नुपर्छ, संविधानको रक्षा गर्नुपर्छ, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा गयो भने यो व्यवस्था बँच्छ, ०८४ मा चुनाव पनि हुन्छ, होइन उहाँको सनकको आधारमा यो व्यवस्थामाथि प्रहार हुन सक्दैन भनेर भन्न सकिँदैन ।
थर्ड पोल 