काठमाडौँ महानगरपालिकाले थापाथलीमा बनेका अस्थायी संरचनामा डोजर चलायो

काठमाडौँ महानगरपालिकाले थापाथलीमा बनेका अस्थायी संरचनामा डोजर चलायो

काठमाडौँ महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको  छ। शुक्रबार महानगरपालिकाले सो क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । 

महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार गुठी संस्थानको जग्गामा बनेको  संरचनाहरू महानगरले भत्काएको हो ।  ‘अवैध संरचना भत्काइएको हो । गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर, संरचना बनाइएको थियो । अहिले खाली गरिएको हो उनले भने ।