कार्तिक १७ गते रुपन्देही– ३ मा उपनिर्वाचन गर्ने आयोगको निर्णय

कार्तिक १७ गते रुपन्देही– ३ मा उपनिर्वाचन गर्ने आयोगको निर्णय

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार कात्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति तय भएको हो । 

मिति घोषणा गर्नपूर्व आवश्यक तयार सकिएको आयोगले जनाएको छ । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का  दीपक बोहराको गत चैत १९ गते निधन भएपछि क्षेत्र रिक्त भएको थियो ।