किष्ट अस्पतालमा तनाव, प्रहरीसँग घम्साघम्सी

किष्ट अस्पतालमा तनाव, प्रहरीसँग घम्साघम्सी

बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्। प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।

घटना कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।

आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।