गत आर्थिक वर्षमा २४ हजार ३८२ फरार अभियुक्त पक्राउ

गत आर्थिक वर्षमा २४ हजार ३८२ फरार अभियुक्त पक्राउ

आर्थिक वर्ष २०८१/०८२ मा झन्डै साढे २४ हजार जना फरार अभियुक्त पक्राउ परेका छन्।

एक वर्षको अवधीमा २४ हजार ३८२ जना फरार अभियुक्तलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको गृहमन्त्री रमेश लेखको सचिवालयले जनाएको छ।  

यो भनेको गत वर्षको तुलनामा फरार अभियुक्त पक्राउमा ६५ प्रतिशतले बढी हो।  

अघिल्लो आर्थिक बर्ष २०८०÷०८१ मा देशभरबाट कुल १४ हजार ७६४ जना फरार अभियुक्त नेपाल प्रहरीले पक्राउ गरेको थियो।

अघिल्लो आर्थिक बर्षको भन्दा गत आर्थिक बर्षमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३८२ जना फरार अभियुक्त पक्राउ गरिएको छ।

त्यसैगरी प्रहरीले आर्थिक बर्ष २०७९/०८० मा ११ हजार ९०२ जना फरार अभियुक्त पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

गत आर्थिक बर्ष २०८१/०८२मा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सबैभन्दा बढी ६ हजार ३७५ जना फरार अभियुक्त पक्राउ गरेको देखिएको छ ।