ग्याष्ट्रिक हुनबाट कसरी जोगिने?

ग्याष्ट्रिक हुनबाट कसरी जोगिने?

नेपालीलाई यही कारणले ग्याष्ट्रिक हुन्छ भन्ने विशेषत केही छैन। तर आम नेपालीहरूमा ग्याष्ट्रिकको समस्या अलि धेरै छ। यसले गर्दा हाम्रो खानपिन, हाम्रो वातावरण, आर्थिक क्षमता लगायतले पनि असर पार्न सक्छ।

कतिपय वंशाणुगत हुन्छ भने कतिपय ब्याक्टेरियाको कारणले हुन्छ।

हाम्रो जस्तो देशहरूमा हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टोरियाको कारणले धेरै समस्या देखिन्छ। योसँगै हाम्रो खानपिन, रहनसहन र वातावरणले पनि असर गर्छ। जस्तो: चुरोट खाने, रक्सी खाने कारणले पनि ग्याष्ट्रिक हुन सक्छ। नदुख्ने औषधि खाएका कारणले पनि हुन्छ भने कतिपय अरू औषधिले पनि ग्याष्ट्रिक गराउन सक्छ।

त्यस्तै, कति कुरा हाम्रो जीवनशैलीको कारणले पनि हुन्छ। तनावका कारण एसिड उत्पादन हुने तर त्यसलाई सन्तुलन गर्ने संयन्त्र कमजोर हुन्छ।जसले गर्दा ग्याष्ट्रिक, अल्सर हुन्छ। 

हेलिकोब्याक्टर पाइलोरी भन्ने किटाणुले क्यान्सरसम्म पनि गराउन सक्छ।