चाडबाडले बढायो अन्तर्राष्ट्रिय व्यापार, आयात-निर्यात दुवैमा छलाङ

चाडबाडले बढायो अन्तर्राष्ट्रिय व्यापार, आयात-निर्यात दुवैमा छलाङ

नेपालीको मुख्य चाडबाडको मौसममा अन्तर्राष्ट्रिय व्यापारमा उच्च वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २६.०४ प्रतिशत धेरै हो । सो आवको असोजसम्म ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र अन्तर्राष्ट्रिय व्यापार भएको थियो । भन्सार विभागका अनुसार यस वर्ष चाडबाडको सिजनमा आयात र निर्यात दुबैमा छलाङ आएको देखिन्छ ।

असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा १९.७९ प्रतिशत बढी हो । गत आवको असोजसम्म ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

यस वर्ष असोजसम्म निर्यात व्यापार ७२ अर्ब ७८ करोड पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ८९.६४ प्रतिशत धेरै हो । गत आवको असोजसम्म ३८ अर्ब ३७ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो ।