ज्याकाराण्डाले रंग्याएको राजधानी
काठमाडौं । वसन्त ऋतुको आगमनसँगै ज्याकाराण्डाले राजधानी काठमाडौंलाई ढकमक्क पारेको छ । सिंहदरबार वरिपरि, सडक किनाराका रुखहरू अहिले निलो–बैजनी फूलले सजिएका छन् ।
यिनै रुखहरू हुन् — ज्याकाराण्डा, जसले शहरलाई नयाँ सौन्दर्यको दृश्य बनाइदिएको छ। सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाश मुनि नीलै फूलले छायाँ दिइरहेका छन् । सडकका दुबै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन् ।
थर्ड पोल 