ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये ४ जनाको मुटुमै लागेको थियो गोली

ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये ४ जनाको मुटुमै लागेको थियो गोली


काठमाडौं । सोमबार नयाँ पुस्ताका युवा (जेनजी) हरूले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर चार जनाको घटना स्थलमा मृत्यु भएको थियो ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनीहरूको अस्पताल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भइसकेको थियो ।बरिष्ठ न्यूरो सर्जन डा। राजिव झाका अनुसार ती चार जनाको मुटुको अगाडि नै प्वाल परेको पाइएको छ ।