नेप्सेमा २.७७ अंक बृद्धि, कारोबार रकम ९ अर्ब २२ करोड माथि
काठमाडौं । नेप्सेमा सामान्य बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ७७ अंकले बढेर २,६९५ को विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको ८७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ६५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
थर्ड पोल 