पियोर इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङमा पियोर इनर्जीको आईपीओ बाँडफाँड गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँबराबरको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
कुल १८ लाख ५४ हजार ४९७ आवेदकबाट २ करोड १० लाख ५३ हजार ४६० कित्ता सेयर खरिदका लागि आवेदन परेको यो आईपीओमा १८ लाख ४६ हजार ६६४ आवेदकबाट माग भएको २ करोड ९ लाख ४९ हजार ६० कित्ता सेयर सदर भएको थियो । जसमा ६ हजार ४२६ आवेदकबाट परेको १ लाख ४ हजार ४०० कित्ता सेयर बदर भएको थियो।
थर्ड पोल 