बाग्लुङकाे ढोरपाटनमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

बाग्लुङकाे ढोरपाटनमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 बाग्लुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा हिजो बेलुका भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीप चालक २७ वर्षीय गोविन्द थापासहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरका लागि छुटेको लुम्बिनी प्रदेश ०१००१ च १७७५ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा चालकसहित १६ जना  रहेका थिए ।