बाघ गणना पनि यसै वर्ष, आवश्यक २ करोड, सरकारले छुट्टायो २० लाख

बाघ गणना पनि यसै वर्ष, आवश्यक २ करोड, सरकारले छुट्टायो २० लाख

राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागले यही वर्ष बाघ गणना पनि गर्ने भएको छ । गैंडा गणना गर्ने तयारी गरिरहेको विभागले बाघ गणना पनि यसै वर्ष गर्ने तयारी अगाडि बढाएको हो ।

बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले २० लाख रकम विनियोजन गरेको छ । तर, बाघ गणनाका लागि झण्डै २ करोड रकम खर्च लाग्ने विभागका अधिकारीहरु बताउँछन् ।

‘सरकारले छुट्याएको रकमले एक छेउ पनि नपुग्ने भएपछि विभिन्न विदेशी दातृ निकाय तथा देशभित्रका विभिन्न निजी क्षेत्रसँग सहकार्य गरेर बाघ गणनाको काम अगाडि बढाउने तयारी छ,’ विभाग स्रोतले भन्यो ।

सरकारले हरेक चार चार बर्षमा बाघ गणना गर्दै आएको छ ।