बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी छ : सांसद पौडेल

बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी छ : सांसद पौडेल

काठमाडौं, १० असार । देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलको भनाई छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी रहेको बताए । उनले आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको उल्लेख गरेका छन् ।

सांसद पौडेलले देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त सामूहिक रूपमा अघि बढ्ने एउटा साझा सङ्कल्पको आवश्यकता देशमा रहेको जिकिर गरेका छन् ।बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी रहेको सांसद पौडेलले बताएका छन् । बजेटमा यो वर्ष आर्थिक वृद्धिदर २.१६ मा सीमित रहने उल्लेख गरिएको भन्दै यो विषय सत्तापक्ष र प्रतिपक्षको मात्रै नभई देशकै विषय रहेको सांसद पौडेलको भनाइ छ ।