बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति रुपैयाँ तिर्नुपर्छ  ?   

 बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति रुपैयाँ तिर्नुपर्छ  ?   


काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । संघको शनिबार सम्पन्न छलफलले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ९३० वटाको रु चार सय ३०,  मध्यमको रु तीन सय ८० र  ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ । 

यसअघि  ठूलो अण्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो ।  एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी ९सात क्रेट० रु तीन हजार १४०, ठूलो अण्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५०  कायम गरिएको छ । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ ।