माओवादीले तोड्यो वैकल्पिक केन्द्रीय सदस्यको ५० प्रतिशतको सीमा

माओवादीले तोड्यो वैकल्पिक केन्द्रीय सदस्यको ५० प्रतिशतको सीमा

नेकपा माओवादी केन्द्रले हाल कायम वैकल्पिक केन्द्रीय सदस्यको ५० प्रतिशतको सीमा तोडेको छ । पार्टीमा हाल विधानको व्यवस्थाअनुसार कार्यसमितिको बढीमा ५० प्रतिशतसम्म हुने गरी वैकल्पिक सदस्यहरू  बनाउन सकिने प्रावधान रहेको छ । 

तर पार्टी एकता र समायोजन पछिको सन्तुलन मिलाउन परेको भन्दै सो सीमा तोडिएको एक नेताले बताए ।

उनका अनुसार हालै सम्पन्न स्थायी कमिटी बैठकबाट केही वैकल्पिक सदस्यहरू थप्नुपर्ने भएकाले आगामी केन्द्रीय समितिको बैठक र विधान अधिवेशनप्रति  जबाफदेही हुनेगरी उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको हो ।