मनाङको भ्राका क्षेत्रमा भूकम्पको धक्का महसुस
काठमाडौं । हिमाली जिल्ला मनाङको भ्राका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ः२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रबिन्दु रहेको भ्राकासहित आसपासका क्षेत्रमा धक्का महसुस गरिएको जनाइएको छ ।
थर्ड पोल 