मोरङमा भिषण आगलागीः दुई बालबालिकाको मृत्यु, ८ घर जलेर नष्ट

मोरङमा भिषण आगलागीः दुई बालबालिकाको मृत्यु, ८ घर जलेर नष्ट


काठमाडौं । आज मोरङमको धनपालथान गाउँपालिकामा आगलागीमा परि दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।  मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।धनपालथान–६ को कदमा गाउँमा आज दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

आगलागीका कारण अहिलेसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।