म अहिले देशको विद्रोही पक्षजस्तो देखिएको छु: दुर्गा प्रसाईं

म अहिले देशको विद्रोही पक्षजस्तो देखिएको छु: दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू सुध्रेर जाने बताएका छन्।

काठमाडौंमा आज प्रधान सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै प्रसाईंले भने, ‘दुर्गा प्रसाईं सुध्रेर जान्छ, तपाईंहरूको सहयोगको अपेक्षा छ।’

उनले अहिले आफू देशको विद्रोही पक्षजस्तो देखिएको पनि बताए।

‘म त अहिले देशको विद्रोही पक्षजस्तो देखिएको छु। तर विद्रोही पनि होइन। तर मेरा जति माग छन् ति जायज छन्,’ उनले भने।

मानिसहरूले आफूलाई ‘दुर्गा तिमीले धेरै बोल्यौ भनेको, बाटो बिराइस् भनेको’ उल्लेख गर्दै प्रसाईंले भने, ‘म धेरै बोल्दिनँ।’

उनले विदेशमा रहेका नेपाली स्वदेश फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए।

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा आफू सरिक हुन्छु भन्दा पनि नदिइएको गुनासो उनको थियो।