राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन, कांग्रेसले अझै छानेन उम्मेदवार
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ।
संसदीय समितिहरूमा दलहरूले भागबन्डा गरी सभापति लिएका थिए। जसअनुसार नेपाली कांग्रेसलाई राज्य व्यवस्था तथा सुशासन समिति पनि परेको थियो।
यसअघि समिति सभापति थिए- सांसद रामहरि खतिवडा।
तर उनी निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरको विषयमा विवादमा तानिए।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले कुलिङ परियड त्रुटिमा नैतिक जिम्मेवार सभापति खतिवडालाई ठहर्याएको थियो।
त्यसपछि खतिवडाले साउन २७ गते प्रतिनिधि सभा बैठकमा बोल्दै पदबाट राजीनामा दिएका थिए। साउन २७ गतेदेखि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त छ। सभापति नहुँदा बैठक बस्न सकेको छैन।
थर्ड पोल 