विपन्न वर्गको पहिचान, उत्थान र विकाससम्बन्धी प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण

विपन्न वर्गको पहिचान, उत्थान र विकाससम्बन्धी प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण

नेपाली कांग्रेसको विपन्न उत्थान समन्वय विभागले सभापति शेरबहादुर देउवालाई विपन्न वर्गको पहिचान, उत्थान र विकाससम्बन्धी प्रतिवेदन हस्तान्तरण गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार कार्यक्रम गरेर गोपाल दहित नेतृत्वको विपन्न उत्थान समन्वय विभागले सभापति देउवालाई नीतिगत तथा कार्यक्रम सुझावसहित प्रतिवेदन हस्तान्तरण गरेको हो।

उक्त कार्यक्रममा बोल्दै सभापति देउवाले सुझावसहित प्रतिवेदन पार्टीलाई दिएकोमा विभाग प्रमुख दहितलाई धन्यवाद दिए।


‘महत्त्वपूर्ण सुझाव छन्, भोलिका दिनमा हामी ती सुझाव हेर्नेछौं। केही सुझाव हेर्दा खर्चिलो पनि छन्,’ उनले भने, ‘नेपालको अर्थतन्त्रले भ्याएसम्म ती सुझाव कार्यान्वयन गर्नुपर्छ।’ 

सभापति देउवाका अनुसार विभागले दिएका अधिकांश सुझाव भने कार्यान्वयनमा लैजान सक्ने खालका छन्।

सभापति देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीलाई ऊर्जा थपेको पनि बताए।