सडकको आवाजदेखि मन्त्रिपरिषदसम्म: ज्वाला संग्रौला

सडकको आवाजदेखि मन्त्रिपरिषदसम्म: ज्वाला संग्रौला

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा चर्चित अभियन्ता ज्वाला संग्रौलालाई मन्त्री बनाउन जेन जी युवाले प्रधानमन्त्री सुशिला कार्कीलाई सुझाव दिएका छन्। यस विषयमा प्रधानमन्त्री कार्कीले जेन जीको भावना अनुसार अघि बढ्ने तर थप अध्ययन गरेर निर्णय लिने जवाफ दिएकी छन्। ज्वाला संग्रौला लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सडकमा अग्रपंक्तिमा रही समाजमा सशक्त र निडर आवाजको रूपमा चिनिइरहेकी छिन्। उनी केवल भ्रष्टाचार विरुद्ध नभई हेपिएका, पिछडिएका र आवाज विहिन महिलाहरूको न्यायका लागि पहल गर्ने साहसी महिला पनि हुन्। त्यसैगरी, समाजका भोका, नाङ्गा र दुःख पाएका व्यक्तिहरूलाई सहयोग गर्ने उनको कार्यले उनको मानवीय पक्ष प्रष्ट देखाउँछ। उनका निकट स्रोतहरू भन्छन् कि ज्वाला संग्रौला आफ्नो अडानमा अडिग रहँदै स्पष्ट र निर्भिक रूपमा कुरा राख्न सक्ने व्यक्ति हुन्, जसले उनलाई समाजमा विश्वासिलो र प्रखर वक्ताको रूपमा परिचित बनाएको छ।