९८ हजार कित्ता शेयर बिक्री गर्दै गरिमा विकास बैंक
काठमाडौं । गरिमा विकास बैंकले ९८ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ९८ हजार २८.८४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन पेस गर्न सक्नेछन्।
शेयर खरिदका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
यसअघि यो शेयर बैंकले बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। तर, संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।
थर्ड पोल 