एमाले र कांग्रेसका नेताहरूबीच बालुवाटारमा छलफल, उठेन गृहमन्त्रीको राजीनामाको विषय, आज सदनमा बोल्ने

एमाले र कांग्रेसका नेताहरूबीच बालुवाटारमा छलफल, उठेन गृहमन्त्रीको राजीनामाको विषय, आज सदनमा बोल्ने


काठमाडौं । प्रधानमन्त्रीसहित नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूबीच बालुवाटारमा छलफल भएको छ। छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे र एमाले मुख्य सचेतक महेश बर्तौला सहभागी थिए।

प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले सदनमा उठाएका विषयका बारेमा सरकारका तर्फबाट गृहमन्त्री लेखकले बुधबार प्रतिनिधि सभा बैठकलाई जानकारी गराउने निष्कर्ष छलफलले निकालेको एमाले मुख्य सचेतक बर्तौलाले जानकारी दिए।सरकारले बजेट ल्याउनुपर्छ,’ उनले भने, ‘प्रतिपक्षीहरूले उठाएका विषयमा सरकारका तर्फबाट आज गृहमन्त्रीज्यूले जबाफ दिनुहुन्छ।’

बालुवाटारको छलफलमा गृहमन्त्रीको राजीनामाबारे कुरा नउठेको पनि उनले बताए। भिजिट भिसा प्रकरणमा कर्मचारी संलग्न रहेको देखिएकोमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने उनले बताए।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले बोल्दै गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका थिए।

मंगलबार स्थगित प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेलाई बोलाए पनि निर्धारित समयमा बैठक सुरू हुन सकेको छैन।जार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।