आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई कालोमोसो दलेपछि...

आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई कालोमोसो दलेपछि...

 काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार दलेका छन् । उनीहरूले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो दलेका हुन् ।  मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

न्यायाधीश थारुसहितको इजलासले केही दिनअघि बम विष्फोटका घाइतेहरूलाई जिउँदै इट्टाभट्टामा पोलेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता मोहम्मद आफताब आलमलाई सफाइ दिएको थियो ।