रौतहट बमकाण्डः पिन्टुका बुबा पुगे न्यायपरिषद्, पर्याप्त प्रमाण हुँदाहुँदै पनि हत्यारा जोगाउने न्यायाधीशलाई कारवाहीको माग
काठमाडौं । मुद्दामा पर्याप्त प्रमाण हुँदाहुँदै रौतहट बमकाण्डका आरोपित मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशहरुमाथि कारवाहीको माग राख्दै न्यायपरिषदमा उजुरी परेको छ । २०६४ सालको बम विस्फोटको घटनामा त्रिलोकप्रताप सिंह पनि मारिएका थिए । उनको मृत्युपछि बाबु श्रीनारायण सिंह १८ वर्षदेखि निरन्तर न्यायका लागि संघर्षरत छन् ।
बमकाण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बाबु श्रीनारायण सिंह राजपुतले सोमबार न्यायपरिषदमा उजुरी दिएका हुन् । उनले उच्च अदालत वीरगञ्जका न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै कारबाहीको माग राखेका हुन् ।उच्च अदालतले प्रमाणको उचित मूल्यांकन नगरी आलम लगायतलाई सफाइ दिएको भन्दै चित्त दुखाएका उनी रौतहटबाट काठमाडौं आएर कानून व्यवसायीहरुको सहयोगमा परिषदमा उजुरी दिएका हुन् ।
थर्ड पोल 