शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै मोदी इनर्जी
काठमाडौं । मोदी इनर्जी लिमिटेडले यही असार १९ गते बिहान ११ बजे काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल बैंक्वेटमा विशेष साधारणसभा आह्वान गरेको छ। सभामा शतप्रतिशत हकप्रद सेयर (१:१ अनुपातमा) जारी गर्ने प्रस्ताव पारित गरिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद सेयर निष्कासनपछि प्राप्त पूँजीको उपयोगबारे पनि यस सभाले निर्णय गर्नेछ।
साथै, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, संस्थापक समूहबाट एक जना सञ्चालक नियुक्त गर्ने, र हकप्रद निष्कासनका लागि आवश्यक परेमा नियामक वा अन्य निकायबाट प्राप्त सुझाव तथा निर्देशनअनुसार निर्णय गर्न सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि पारित गर्नेछ।
थर्ड पोल 