सरकारले सुरु गर्यो इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन 

 सरकारले सुरु गर्यो इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन 

काठमाडौं ।  सरकारले इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु गरेको छ ।  इजरायल र इरानबीच युद्ध चर्किएकाले नेपालीहरुलाई उद्धार गर्ने प्रयोजनका लागि नामावली संकलन थालिएको हो । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।

इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन् । उनीहरुबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेकाहरुलाई आवश्यकता अनुसार उद्धार गरिने बताए ।