होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकलि.बीच विशेष छुट सम्झौता

होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकलि.बीच विशेष छुट सम्झौता

काठमाडौं ।  पोखरा महानगरपालिका, वडा नं ३१, स्थितहोटेल हिमालय सेरेन भ्यु रप्रभु बैंक लिमिटेडबीच बैंककाग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुलेखाना र पेय पदार्थमा १०% साथै आवास सुविधामा १५% छुटपाउने भएका छन । सो छुट सेवासुविधाहोटेल हिमालय सेरेन भ्युमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमाहोटेल हिमालय सेरेन भ्युकातर्फबाट प्रोप्राइटर अनिल ढकाल तथाप्रभु बैंक लि.कातर्फबाटतालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको छ ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुलनाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाहगरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाहगर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाटपनि सम्मानित भएको छ ।