फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ रिसोर्टमा सकुशल भेटिए

 फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ रिसोर्टमा सकुशल भेटिए

काठमाडौं ।  फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा.केशव श्रेष्ठ सकुशल भेटिएका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा  भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए ।

बालाजुमा भेटिएका डा। श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ ।  फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।