संसद्को कार्यसूची अघि बढाएपछि संसद् छाडेर बाहिरिए राप्रपाका सांसद

संसद्को कार्यसूची अघि बढाएपछि संसद् छाडेर बाहिरिए राप्रपाका सांसद

काठमाडौं । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक छाडेर बाहिरिएका छन् ।

बैठकमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले वेल घेराउ गरिरहेका छन् । राप्रपाले आसनमै उभिएर विरोध जनाइरहेको थियो । तर, केहीबेर अघि राप्रपाका सांसदहरू बैठक छाडेर निस्किएका हुन् । यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाइरहेका छन् ।