सानिमा रिलायन्स लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्स लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट


काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा शतप्रतिशत छुट दिने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै आज असार २ गतेदेखि २७ गतेभित्र व्यतित भएका बीमालेख रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने बताएको हो ।

बीमालेख अवधिभित्र यो छुट सुविधा एकपटक मात्रै पाइने कम्पनीले जानकारी दिएको छ ।