एनओसीमा भइरहेको अनियमितताबारे शिक्षा मन्त्रालयले सुरु गर्यो अनुसन्धान, छानबिन कार्यदल गठन

एनओसीमा भइरहेको अनियमितताबारे शिक्षा मन्त्रालयले सुरु गर्यो अनुसन्धान, छानबिन कार्यदल गठन


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा भइरहेको अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । मन्त्रालयअन्तर्गतको सानोठिमिस्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको समाचार प्रकाशित भएको थियो ।

देश अनुसार फरक–फरक घुस रकम लिएर एनओसी बनाउने गरेको पाइएको छ । ३० हजारदेखि एक लाख माथिसम्म विद्यार्थीबाट कर्मचारीले असुल्ने गरेका छन् ।योसँगै शिक्षा मन्त्रालयले छानबिन कार्यदल नैगठन गरेर अनुसन्धान सुरु भएको बताएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार छानबिन गर्न कार्यदल गठन गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । मन्त्रालयका अनुसार शिक्षामन्त्री रघुजी पन्तले निश्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् । अनियमितता भएको भेटिएमा कार्यदलले कारबाहीको लागि सिफारिस गर्ने छ ।कार्यदलले एनओसीमा भइरहेको विकृतिबारे अध्ययन अनुसन्धान गरेर नीतिगत सुधारको प्रस्ताव पनि गर्ने छ ।