अमेरिकाले इरानका तीन न्युक्लियर परियोजनामा खसाल्यो बम
अमेरिकाले इरानको न्युक्लियर परियोजनामा हमला गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेख्दै अमेरिकाले इरानी न्युक्लियर परियोजनामा हमला गरेको जानकारी दिएका हुन्।
अमेरिकी बमवर्षक विमानले इरानका तीन न्युक्लियर परियोजनामा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि लेखेको छ।
राष्ट्रपति ट्रम्पले सबै आक्रमण सफल भएको बताएका छन।
'सबै विमान सुरक्षित घर फर्किसकेका छन्। हाम्रा बहादुर अमेरिकन योद्धाहरूलाई बधाई छ,' ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
यसअघि अमेरिकाले इरानलाई आणविक कार्यक्रम सम्बन्धी वार्ता र सहमतिमा आउनका लागि दुई साताको समय दिएको थियो। यद्यपि उसले दिएको समयअगाडि नै इरानमाथि हमला गरेको हो।
इरानले अमेरिका इसराइलसँग मिलेर हमला गरे मध्यपूर्वमा भएका उसका सैन्य संरचनामा हमला गर्ने चेतावनी दिएको थियो।
थर्ड पोल 