आज नेपाल ल्याइँदै भारतमा मृत भेटिएकी प्रकृति लम्सालको शव

 आज नेपाल ल्याइँदै भारतमा मृत भेटिएकी प्रकृति लम्सालको शव


काठमाडौं । भारतमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै छ । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा मृत भेटिएकी नेपाली छात्रा लम्सालको शव ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको पहलमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेज प्रशासनसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन्।

प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबरपछि उनका बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए। उनले मंगलबार प्रहरी अधिकारीहरूसँग भेट्दै छोरीका लागि न्यायको माग गरेका थिए।