आजको मौसमः कोशी, कर्णाली र सुदुरपश्चिममा मौसम बदली रहने

आजको मौसमः कोशी, कर्णाली र सुदुरपश्चिममा मौसम बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका तराईका  केही भू–भागहरुमा हुस्सु  लागेको अवस्था छ ।
 
दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राती भने कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

बिहानीपख तराईका भू–भागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।