आजदेखि राष्ट्र बैंकले प्रचलनमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै साविककै आकार तथा रंगमा १० रुपैयाँ दरको नयाँ नोट असार २ गते सोमबारदेखि प्रचलनमा ल्याइएको जानकारी दिएको हो।
राष्ट्र बैंकले जनाएअनुसार संकेत नम्बर द/३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्मका नोटहरू चलनचल्तीमा ल्याइनेछन् । यी नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्य उल्लेख गरिएको छ ।
थर्ड पोल 