आँधी ल्याएका बलिउडको ‘सैयारा’ र हलिउडको ‘सुपरम्यान’ ओटीटीमा कहिले आउँछन् ?

आँधी ल्याएका बलिउडको ‘सैयारा’ र हलिउडको ‘सुपरम्यान’ ओटीटीमा कहिले आउँछन् ?

बलिउडको बहुचर्चित फिल्म ‘सैयारा’ र हलिउडको बहुचर्चित ‘सुपरम्यान’ले ओटीटी रिलिजको घोषणा गरेका छन् । निर्माताले यी दुई फिल्म कहिले आउने भन्ने कुरा सार्वजनिक गरेका छन् ।

अहान पाण्डे र अनित पड्डा स्टारर यशराज फिल्म्सको रोमान्टिक ड्रामा ‘सैयारा’ले हलमा उछाल ल्याइसकेको छ । दर्शक यो फिल्मलाई ओटीटीमा हेर्न समेत अधैर्य छन् ।

निर्माताका अनुसार ‘सैयारा’ सेप्टेम्बर १२ मा नेट्फिल्क्समा रिलिज हुनेछ । मोहित सुरी निर्देशित यो फिल्मले नेपालका हलमा समेत उछाल कमाइ गरिसकेको छ ।

यसैबीच, हालै हलमा रिलिज भएको हलिउडको बहुचर्चित सुपरहिरो फिल्मको ओटीटी रिलिज डेट पनि घोषणा भएको छ ।

द र्‍यापका अनुसार, ’सुपरम्यान’ (२०२५) अगस्ट १५ देखि अमेजन प्राइम भिडियो, एप्पल टिभी र फ्यान्डाङ्गो एट होममा अनलाइन स्ट्रिमिङको लागि उपलब्ध हुनेछ । अर्कोतर्फ, फिल्म सेप्टेम्बर २३ देखि फोरके युएचडी, ब्लु रे डिभडी संस्करणमा समेत उपलब्ध हुनेछ ।

यी दुवै फिल्म ओटीटी प्लाटफर्ममा बहुप्रतीक्षित हुन् ।