इरानमा रहेका १६ नेपालीमध्ये भोली ११ जना भारतसम्म आइपुग्ने,५ जना जेलमा
काठमाडौं । सरकारले इजरायलसँग युद्ध गरिरहेको इरानमा १६ नेपाली रहेको जनाएको छ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएको जवाफ दिने क्रममा इरानमा १६ नेपाली रहेको परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जानकारी दिइन् ।
‘इरानमा १६ नेपाली रहनुभएको छ । ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैरकानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ परराष्ट्र मन्त्री डा. राणाले भनिन् ।
भोलि भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने छन् । भारतले आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालीलाई पनि उद्धार गरिदिने बताएकाले सरकारले सहमति जनाएको बताइन् । ११ जनामध्ये एक जनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन प्रक्रिया सुरु भएको छ । परराष्ट्र मन्त्रीका अनुसार ५ नागरिक गैरकानुनी रूपमा जेलमा रहेकाले यही अवस्थामा कसरी छुटाउन सकिन्छ भनेर पहल भइरहेको छ ।
थर्ड पोल 