उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी

उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी

 । नेकपा एकीकृत समाजवादीले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन खोजे त्यसको विरोध गर्ने बताएको छ ।

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर औपचारिक रुपमा प्रस्ताव अगाडि बढेपछि औपचारिक रुपमा प्रतिक्रिया दिने बताउँछन् ।

‘उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं,’ सांसद कुँवरले भने । प्रतिनिधिसभामा एकीकृत समाजवादी प्रतिपक्षी बेन्चमा छ । यो दलका १० जना सांसद रहेका छन् ।

कांग्रेस र एमालेले भने उपसभामुखलाई हटाउन हस्ताक्षर संकलन नै सुरु गरिसकेका छन् ।