के करेत र गोमनजस्ता विषालु सर्प पहाड उक्लिन थालेकै हुन्?
के कतिपय 'विज्ञ' हरूले अड्कलबाजी गरेजस्तै पृथ्वी तात्ने क्रम तीव्र भएकै कारण करेत र गोमनजस्ता विषालु सर्प तराई र उष्ण भेगबाट माथि माथि चढ्दै पहाड आइपुग्न थालेका हुन्?
यस्तो प्रश्न सोध्यो कि प्राणीशास्त्री करण शाह किन 'इरिटेट' हुन्छन्। अर्थात् थोरै चिढिन्छन्, झर्किन्छन्।
यथार्थ के हो?
उनलाई सर्पबारे यति धेरै ज्ञान छ कि एक नयाँ प्रजातिको हरेउलाई उनकै नाम दिइएको छ। त्यो पनि झन्डै ३० वर्ष अघि।
सन् १९९६ को वर्षा याममा ललितपुरको फूलचोकी क्षेत्रमा पहिलो पटक भेटिएको हरेउलाई दुई रूसी वैज्ञानिकले एक वर्षपछि एक प्राज्ञिक लेखमार्फत औपचारिक रूपमै उनको नाम दिएका थिए — 'Trimeresurus karanshahi' 'ट्रिमेरसुरस करनशाही', अथवा 'करनको हरेउ'।
त्यति धेरै ख्याति कमाएका प्राणीशास्त्री ७१ वर्षीय प्राध्यापक शाहलाई हिजोआज निकै झोक चल्न थालेको छ।
थर्ड पोल 