कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक सोमबार पनि बस्दैछ। आज दिउँसो २ बजे बिपी स्मृति भवन सानेपामा केन्द्रीय कार्य समितिको बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक यही असार १६ गतेदेखि सुरू भएको थियो। आइतबारको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए।

त्यस्तै केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा मिनेन्द्र रिजाल, एनपी साउद, आनन्दप्रसाद ढुंगाना, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शङ्कर भण्डारी, धु्रव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु बाँस्तोला, भीम पराजुली, रुक्मिणी कोइराला र आमन्त्रित रुपमा बैठकमा सहभागी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आ–आफ्ना धारणा राखेका थिए।

विभिन्न प्रस्तावहरूमा केन्द्रित रहेर धारणा राख्ने क्रम जारी छ। कार्यसमितिको बैठक असार २३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पार्टीको १०० दिने अभियानका प्रतिवेदनहरू, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, कृयाशील सदस्यता नविकरण प्रगति विवरण, केही भातृ संस्थाबारे निर्देशक समितिको राय, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार, शुभेच्छुक संस्थाको बारेमा, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धी, संसद् र सरकारमा पार्टीको भुमिका प्रभावकारीतालगायत समसामयिक विषयमा छलफल जारी छ।