कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा असार १६ गतेदेखि सुरू भएको बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरू हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल गर्ने एजेन्डा छ।
यस विषयमा केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन्।
बिहीबार केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदिपकुमार सुनुवार, डा. रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, नागिना यादव, अजयवावु शिवाकोटी, दिनेश कोइराला, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल र लक्ष्मी खतिवडाले आ–आफ्नो धारणा राखेका थिए।
थर्ड पोल 