काठमाडौँ ल्याइँदै रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग

 काठमाडौँ ल्याइँदै रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग

काठमाडौं ।  रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीको कारण ज्यान गुमाएकाहरूको शव र मानव अङ्ग काठमाडौँ ल्याउने तयारी गरिएको छ । शव पोस्टमार्टमका गर्न त्रिवि शिक्षण अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ । शव र मानव अङ्गहरू फरक ठाउँमा भेटिएका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–चीन सीमाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीले बगाएर मृत्यु भएकामध्ये एकजनाको मात्रै सनाखत भएको छ । उद्धारमा खटिएका प्रहरीका असई लाल बहादुर श्रेष्ठको मात्रै सनाखत भएको छ । उनको शव चितवनको भरतपुर नगरपालिका–२९ स्थित १५ किलोमा भेटिएको थियो । अन्यको सनाखत हुन नसकेको र केहीको हात र खुट्टाको भागमात्रै भेटिएको छन् । 

खोज तथा उद्धारका लागी डीआईजी पौडेल र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी नरेश सुवेदी रसुवाको स्याफ्रुमा छन् । बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् ।